जन्मदिनमा जानकी माविमा अक्षयकोष र शैक्षिक सामाग्री
पाेखरा | जेठ २९, २०८२
पोखरा: पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका युवा एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेर आप्mनो जन्मदिन मनाएका हुन ।
इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको रकमले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन भने बुबा नगेन्द्र शर्मा र आमाव्दय लक्ष्मी र अनितासंगको अनुरोधमा विद्यालयमा अक्षयकोषको स्थापना गर्न सफल भएको राससलाई बताए ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा शैक्षिक सामाग्री र उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
२०३५ सालमा स्थापना भएको सो विदालयमा हाल तीन सय भन्दा बढी अध्ययनरत छन् ।पछिल्लो समय सामुदायिक विद्यालय समाजका विपन्न, र असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बन्दै आएको छ ।
विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका सामाग्री बनाउने सिपमूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । जसका लागि गण्डकी प्रदेश सरकारले यस आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

